FAQs Complain Problems

सुन्दरबजार नगरपालिकामा सूचना प्रविधि तालिम शुरु

लमजुङ जिल्लाको मध्यभागमा फैलिएर रहेको सुन्दर नगरी सुन्दबजार नगरपालिकामा  हिजो मिति २०७२/१२/२६ देखि २ दिने सूचना प्रविधि सम्वन्धी तालिम सञ्चालन भएको छ । उत्त तालिम कार्यक्रमको  समुद्घाटन  गर्दै प्रमुख एवं कार्यकारी अधिकृत श्री सुकदेव लम्सालले वर्तमान यूग भनेको सूचना प्रविधिको यूग भएको र चुस्त, गतिशील र प्रभावकारी सेवा प्रवाह  सूचना प्रविधि मैत्रि कर्मचारीबाट मात्र संभव हुने भएकाले सम्पूर्ण कर्मचारी मित्रहरुले यसलाई गम्भिरता पूर्वक मनन् गर्दै प्रविधि मैत्री सेवा प्रदानका लागि काविल रहन निर्देशन दिनुभयो ।

सो अवसरमा उहाँले बैयत्त्तिक  करियर र संस्थागत करियरका निम्त्ति  प्रविधिको ठूलो भूमिका रहेकाले विज्ञ प्रशिक्षकहरुबाट अधिकतम बिषयमा ज्ञान लिनका निम्ति लालयित हुन पनि सो अवसरमा अाग्रह गर्नुभयो । उत्त तालिममा RCU पाोखराका का ICT  EXPERT एकेन्द्र लम्साल र जिल्ला  विकास समिति लमजुङका विनोद अधिकारीले प्रशिक्षण दिइरहनु भएको  छ ।

सो अवसरमा नगरपालिका प्राविधिक तथा प्रशासन तर्फका सम्पूर्ण कर्मचारीहरु, वडा सचिवहरु, सामाजिक परिचालकहरुलगायतका नगरपालिकामा कार्यरत अधिकतम कर्मचारीहरुको उपस्थिति रहेको छ । उत्त कार्यक्रमको समग्र व्यवस्थापन  LGCDP फोकल पर्सन भागवत कुमार पण्डितले  गर्नु भएको छ ।