FAQs Complain Problems

सूचना तथा समाचार

१६ औं निजामित सेवा दिवस

,

सक्षम निजामति प्रशासन विकास समृद्दि र शुसासन भन्ने मुल नाराका साथ १६ अाै निजामती  सेवा दिवस सुन्दरबजार नगरपालिकामा प्रथम सेवाग्राहीको रूपमा  आउने सेवाग्राही श्री भिम बहादुर लामालार्इ प्रमुख प्रशासकीय अधिकृत श्री नारायण पाण्डेयले फुल माला खादा सहित स्वागत गरी सम्मानसाथ सेवा प्रवाह गरी  मनाइयाे । उक्त कार्यक्रममा दोस्रो सेवाग्राहीको रूपमा नगरपालिकामा अाउने सेवाग्राही श्री पूर्णभद्र नेउपाने सुन्दरबजार नगरपालिका ४ दुराडाडँ लमजुङलार्इ समेत सम्मान गरिएकाे थियो । साथै सेवाग्राहीसँग सेवा प्रवाहलार्इ गुणस्तरीय बनाउन केही सुझाव भएमा उपलव्ध गराइदिनुहुन समेत अनुरोध गरिएको थियो ।

आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धि सुन्दरबजार नगरपालिकाको प्रोफाइल

आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धि सुन्दरबजार नगरपालिकाको प्रोफाइल हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस् :

http://202.51.74.207/recent-palika-document/37008/en/

http://http://202.51.74.207/recent-palika-document/37008/np/

 

सुन्दरबजार नगरपालिका भवन निर्माण सम्झौता

, , सम्झौता पत्रमा हस्ताक्षर गर्दै , ,

सुन्दरबजार नगरपालिकाको आफ्नै कार्यालय भवन बाट कार्यालय संचालन गर्ने २०७२ साल देखिको निरन्तर प्रयासले आज पूर्णता पाएको छ । 
नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण गर्नको लागि आज मिति २०७६/०४/०८ गतेका दिन सम्झौता गर्ने कार्य सम्पन्न भएको छ । 
ठेक्का रकम : ३,४५,२१,५०८।५३ 
कार्यसम्पन्न गर्ने मिति : २०७७/१०/०७ 
निर्माणस्थल : सुन्दरबजार नगरपालिका -६ , ठाँटीचौर 
निर्माण व्यवसायी : गणेशकुण्ड/आइ.एस निर्माण सेवा जे/भी,बिदुर-५ , नुवाकोट

Invitation for e-Bidding :Landfill site development project (Package 1) & (Package 2)

Landfill site development project (Package 1) :UPGRADING OF EARTHWORK GRADING,TURNING, CLEARING, CONSTRUCTION OF RETAINING / BREAST WALL ,LINE DRAIN CONSTRUCTION WORK, HUMP PIPE CULVERT CONSTRUCTION, CROSS DRAIN CONSTRUCTION WORKS

Landfill site development project (Package 2) : CONSTRUCTION OF RETAINING STRUCTURE AND EARTHWORK EXCAVATION OF ROADWAY CLEARING, WIDENING, GRADING AND CUTTING

अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

, ,

सुन्दरबजार नगरपालिका महिला तथा वालवालिका शाखाद्वारा मिती २०७५/११/१ गतेका दिन जेष्ठ नागरिक सम्बन्धी सरोकारवालाबीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । महिला तथा वालवालिका शाखा प्रमुख श्री निर्मला पौडेलज्यूले संचालन गर्नु भएको यस कार्यक्रममा सुन्दरबजार नगरकार्यपालिका सदस्य एवं सामाजिक विकास विभाग प्रमुख श्री शान्त भुजेलज्यूको अध्यक्षतामा संचालित उक्त अन्तरक्रियात्मक कार्यक्रममा ११ ओटा वडा बाट ३० जना जेष्ठ नागरिकहरुले सहभागिता जनाउनु भएको थियो । उक्त कार्यक्रममा सु.न.पा.का प्रमुख  प्रशासकीय अधिकृत श्री जीवन ज्ञवालीज्यूले जेष्ठ नागरिकको हकहितको लागि नगरपालिका सदैव तयार रहेको र उहाँहरुको सल्लाह-सुझावलाई ध्यानमा राखेर कार्यक्रमहरु अघि बढाइने प्रतिबद्दता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा न.६ का वडा अध्यक्ष श्री रघुनाथ मिश्रज्यू र वडा न.७ का वडा अध्यक्ष श्री जयराम रेग्मिज्यूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सर्वोदय सेवा आश्रमका अध्यक्ष श्री कृष्ण राज ओलियाज्यूले सहजीकरण गर्नु भएको थियो । सम्पुर्ण जेष्ठ नागरिकहरुको सक्रिय सहभागिताका साथ “नगर-स्तरीय जेष्ठ नागरिक समन्वय समिती” गठन गरि कार्यक्रम समापन गरिएको थियो ।

पशु स्वास्थ्य शिविर सम्पन्न

,

सुन्दरबजार नगरपालिका पशु सेवा शाखाको आयोजनामा २०७५/१०/१८ र १९ गते सुन्दरबजार नगरपालिका ११ को सिन्दुरेस्थित चण्डी गाउँ र तुर्लुङ गाउँमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुन्दरबजार नगरपालिका पशु सेवा शाखा प्रमुख डा. सुलब चौधरीका अनुसार चण्डीगाउँका १ सय १२ र तुर्लुङका ९१ जना पशुपालक कृषकले आफ्ना पशु चौपायालाई शिविरमा ल्याएका थिए । शिविरमा ल्याएका एक बंगुर र ६ वटा बोकाको बन्ध्याकरण गरिएको उहाँले बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमखु डा. रुपेश श्रेष्ठका अनुसार शिविरमा कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन लगाइएको थियो । गोरुमा जुकाको समस्या देखिएकाले प्रायः सबै गोरुलाई जुकाको औषधी र भिटामिन खुवाइएको उहाँले बताउनुभयो । यस्तै, गोरुको स्वास्थ्य चेकजाँच तथा आन्तरिक परजीविविरुद्ध रोकथामको लागि उपचार गरिएको छ ।

घर पालुवा गाईभैंसी, भेडाबाख्रा, कुखुरालगायतका लागि कृषकलाई औषधी तथा भिटामिन वितरण गरिएको सुन्दरबजार नगरपालिका पशु सेवा शाखाले जनाएको छ । शुक्रबार र शनिबार आयोजित शिविरमा पशुचौपायाको गोबर परीक्षण समेत गरिएको थियो ।

सुन्दरबजार नगरपालिकाको लेखा परीक्षण सम्बन्धी सूचना

यस नगरपालिका अन्तर्गत सञ्चालित विद्यालयहरुको आ ब २०७४/७५ को बार्षिक अन्तिम लेखा परीक्षण गराउनु पर्ने भएकोले देहायको विवरण सहित इच्छुक रजिष्टर्ड लेखापरीक्षक/फर्महरुबाट मिति २०७५।०८।०४ भित्र यस कार्यालयमा आइपुग्ने गरी निर्धारित ढाँचामा आवेदन अव्हान गरिन्छ ।

१. फर्म दर्ता प्रमाण पत्र   

२. फर्म नविकरण प्रमाण पत्र

३. स्थायी लेखा नं (PAN)  दर्ता प्रमाण पत्र

४. कर चुक्ता प्रमाण पत्र

५. पेशागत प्रमाण पत्र

६. आवेदन दर्ता शुल्क रु     ५००।००

मोबाइल एप संचालनमा

, ,

सुन्दरबजार नगरपालिकाले मोबाइल एप संचालनमा ल्याएको छ । संचार तथा सूचना प्रबिधि मन्त्रालय अन्तर्गतको सूचना प्रबिधि विभागले सबै स्थानिय तहहरुको  नि शुल्क मोबाइल एप संचालानमा ल्याउने योजना अनुसार नै सबै आवश्यक मापदण्ड पुरा गरि एप संचालनमा ल्याएको हो । मिति २०७५ असोज २६ गते एक कार्यक्रम गरि मोबाइल एप सार्वजनिक गरेको छ  ।

मोबाइल एप सार्वजनिक कार्यक्रममा नगर प्रमुख श्री जनक राज मिश्रले जनताको सूचना पाउने हक अझ सहज र सुलभ भएको बताउनु भयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री प्रेम राज गिरीले जनता सम्म पुग्ने यो हाम्रो प्रयासलाई सबैले साथ दिनुहुनेछ भन्ने आशा व्यक्त गर्दै ,सबैको सल्लाह सुझावले एपलाई अझ राम्रो बनाउन सहोयोग मिल्ने कुरा बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य , वडा सदस्य, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 मोबाइल एपमा नगरपालिकाका सेवाहरु,जनप्रतिनिधि र कार्मचारीको विवरण , महत्वपूर्ण स्थानहरु, आपतकालीन नम्बर लगाएतका विभिन्न जानकारी पाउन सकिन्छ । यसका साथै नागरिकहरुले  एपबाट नै सुझाब र आफ्ना गुनासाहरु पनि राख्न सक्नेछन् ।   

घरधुरी सर्वेक्षण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

, ,

नगर प्रोफाइल तयार गर्नका लागि सुन्दरबजार नगरपालिकाले वडाबाट सिफारिस भएर आएका गणकहरुलाई अभिमुखीकरण तालिम दिएको छ । तालिममा गणकहरुका साथ वडा अध्यक्ष , नगरकार्यपालिकाका सदस्य र नगरपालिकाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो  ।  असोज १० र ११ गते चलेको तालिममा तथ्यांक कार्यालय गोर्खाका  तथ्यांक अधिकृत यज्ञ मुर्ती भण्डारीले गणकहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले गणकहरुको काम कर्तब्य र अधिकारको बारेमा गणकहरुलाई प्रशिक्षण दिनु भएको थियो । नगर प्रोफाइल तयारी समितिका संयोजक रघुनाथ मिश्रले तथ्यांकको महत्व र सहि तथ्यांक संकलनले आगामी योजना तर्जुमा गर्न सहज हुने कुरा बताउनु भयो । सैदान्तिक र प्रयोगात्मक विधिबाट संचालन गरिएको तालिममा गणकहरुलाई तथ्यांक ,यसको महत्व र संकलन विधिका बारेमा स्पष्ट ज्ञान दिई घर घरमा गई घरधुरी सर्वेक्षण फारम समेत भर्न लगाइएको थियो । आफ्नो नगरको प्रोफाइल तायरी गर्ने कार्यमा संलग्न हुन पाउँदा आफुहरु खुसी भएको सहभागीहरुले बताए  ।

संविधान दिवस २०७५ को अवसरमा बिभिन्न कार्यक्रम सम्पन्न

,

संविधान दिवस २०७५ को अवसरमा सुन्दरबजार नगरपालिकाले नेपालको संविधान विषयक मन्तव्य / प्रवचन कार्यक्रम एवं अन्तर मा वि निबन्ध प्रतियोगिताको बिजेता घोषणा / वितरण गरेको छ । कार्यक्रममा नगरपालिका ना सु श्री दिपेन्द्र पाण्डित , सयपत्री आवसीय मा वि का प्र .अ श्री ज्ञानेन्द्र शर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका अध्यक्ष नगर प्रमुख श्री जनकराज मिश्रले संविधानको कार्यन्वयनमा सम्पुर्ण नागरिकहरुको सहयोगको अपेक्षा सहित समृद्ध नगर निर्माण गर्न सम्भव हुने बताउनु भयो ।
संविधान दिवस २०७५ को उपलक्ष्यमा असोज २ गते आयोजित माध्यामिक तह (कक्षा ९-१२) नगर स्तरीय निबन्ध प्रतियोगितामा सहभागी १३ विध्यालयका २४ छात्र छात्रा मध्य श्री शौभाग्य सदन मा बि कि छात्रा श्री शुभेच्छा अधिकारी प्रथम , श्री शौभाग्य सदन मा बि कि छात्रा श्री संगीता भण्डारी द्वितीय  र बिद्या ज्योती मा वि कि छात्रा श्री रबिना अधिकारी तृतीय  हुन सफल हुनु भएको छ ।

३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रमका गरि भव्यताका साथ सम्पन्न

, , , ,

सुन्दरबजार नगरपालिकाले ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा “नृत्य प्रतियोगिता तथा चित्रकला प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम” सु.न.पा. ०७ लमजुङ कृषि क्याम्पसको सभाहल, सुन्दरबजारमा भाद्र २३ गते, सु.न.पा. का उपमेयर श्री ज्ञानु शाहज्यूको प्रमुख आतिथ्यतामा, सु.न.पा. का प्रमुख प्रशासकिय अधिकृत श्री प्रेमराज गिरीज्यूको विशेष आतिथ्यतामा र सु.न.पा. का शिक्षा विभागका प्रमुख श्री कृष्णराज खनियाँज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।
सु.न.पा. का आन्तरिक लेखा परीक्षक(ना.सु.) श्री दिपेन्द्र पौडेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा सेवा निवृत्त हुनुभएका शिक्षकहरुको सम्मान, SEE/DLE को परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थी तथा बिद्यालयहरुलाइ नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । करिब २०० भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न बिद्यालयका बिद्यार्थीहरुले नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए । सहभागी बिद्यालयहरु मध्ये श्री बिद्याज्योती मा.वि. खहरेले पहिलो स्थान, श्री सयपत्री मा.वि. सुन्दरबजारले दोश्रो स्थान र श्री बालज्योति मा.वि. सुन्दरबजारले तेश्रो स्थान हासिल गर्न सफल भएका थिए ।
सुन्दरबजार नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत सबै अतिथिहरुलाई सु.न.पा. का शिक्षा शाखा प्रमुख श्री वीर बहादुर गुरुङले प्रगति सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा श्रोत व्यक्ति श्री भरत बा. अधिकारीले स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, नगरपालिकाका सदस्यहरु, शिक्षक महासंघ लगायत शिक्षकका विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिहरु, बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, व्यवस्थापन समितिका अध्यक्षहरु, सेवा निवृत्त शिक्षकहरु, शिक्षा क्षेत्रमा योगदान पुराएका व्यक्तित्वहरु र विभिन्न बिद्यालयहरुका बिद्यार्थीहरुको व्यापक सहभागिता रहेको थियो ।
कार्यक्रमका बिशेष अतिथि सु.न.पा. का प्रमुख प्रशासकिय अधिकृत श्री प्रेमराज गिरीज्यूले शिक्षकहरुको मागलाई मध्यनजर गरी शिक्षा क्षेत्रमा रहेका कमि कमजोरीहरुलाई मनन गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिका सदैव लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्येसैगरी कार्यक्रमका प्रमुख अतिथि ज्ञानु शाहज्यूले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले आर्थिक, सामाजिक र भौतिक रुपमा सदैव सहयोग गरिरहने र शिक्षा बलियो बनाउन हामी सबैजना एक भएर लागि पर्नुपर्ने कुरामा जोड दिनुभयो र अन्त्यमा हरितालिका तिजको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष एवम सु.न.पा. का शिक्षा विभागका प्रमुख श्री कृष्णराज खनियाँज्यूले दक्ष जनशक्ति उत्पादनमा नगरपालिकाले ध्यान दिने, शिक्षकले नया प्रबिधि सिक्दै बिद्यार्थीलाई सिकाउने गरेमा नै शिक्षाको गुणस्तर बढ्नेहुदा यसका लागि नगरपालिकाले उचित रकम शिक्षा क्षेत्रमा विनियोजन गरि शैक्षिक क्षेत्रको प्रगतिमा निरन्तर लाग्ने प्रतिबद्दता व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

मानव बेचबिखन तथा ओसारपसारको बिरुद्धमा सचेतनामूलक “सडक नाटक” सम्पन्न

, ,

सुन्दरबजार नगरपालिकाको सहयोगमा लियो क्लब अफ सुन्दरबजार र लमजुङ क्याम्पसका स्वयमंसेवी विद्यार्थीहरुद्वारा “मानव बेचबिखन तथा ओसारपसार बिरुद्धमा सचेतनामूलक बृहत सडक नाटक” भाद्र २० गतेका दिन सम्पन्न भएको छ .
१२ औ राष्ट्रिय मानव बेचबिखन तथा ओसारपोसार बिरुद्ध दिवसको नारा “संघियताको महत्वपूर्ण सार; मनाव बेचबिखन अन्त्यका लागी जिम्मेवार र सहकार्य सहित गरौ खबरदार” लाइ आत्मसात गर्दै सुन्दरबजारको तिन विभिन्न ठाउँ: मिलन चोकमा १1 बजे , खत्रीठाटीमा दिउंसो 2 बजे र सिउडिबारमा बेलुका ४ बजे “सडक नाटक” गरि सचेतनामूलक कार्यक्रम संचालन गरिएको थियो ।
मानव बेचबिखनजस्तो जघन्य अपराध बारे सम्पूर्ण नगरवासीलाई सचेत तुल्याउने र यसको रोकथाम र अन्त्यका लागि जागरुक बनाउने मुख्य लक्ष्यका साथ आयोजित सडक नाटकमा प्रमुख प्रशासकिय अधिकृत, श्री प्रेमराज गिरीज्यू, विभिन्न वडाका वडा अध्यक्षहरु, श्री रघुनाथ मिश्रज्यू, श्री कृष्णकान्त अधिकारिज्यू, श्री मोतिप्रासाद गुरुङज्यू, सु.न.पा. का महिला तथा बालबालिका विकास शाखाकी प्रमुख श्री निर्मला पौडेलज्यू लगायत कार्यपालिका सदस्यहरु भवानी के.सीज्यू, बुद्धकुमारी सुबर्णकारज्यू र अन्य वडा सदस्यहरुको को विशेष उपस्थिति रहेको थियो ।
बलिबालिकामाथिको अत्याचार, बालश्रम, वैदेशिक श्रम शोषण, चेलीबेटी बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराध नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरुको आवश्यकता रहेको हुनाले नगरपालिकाले “सडक नाटक” संचालन गरि जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो . करिब ६०० भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा सु.न.पा. का प्रमुख प्रशासकिय अधिकृत, श्री प्रेमराज गिरीज्यूले मानवबेचविखन जस्तो अपराधबारे सम्पूर्ण नगरवासी सचेत हुनुका साथै यस्तो अपराधको अन्त्य र पिडितको उद्दारको लागी अग्रसर हुन आग्रह गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न

,

“सुन्दरबजार नगरपालिकाको वर्तमान शैक्षिक अवस्था र उत्कृष्ट विद्यालयका प्रधानाध्यापकहरुसंग अनुभव आदानप्रदान र अन्तरक्रियात्मक कार्यक्रम” लमजुंग सु.न.पा. ०९ भक्ति नमूना मा.वि. भोटेवोडारमा भाद्र ०९ गते गण्डकी प्रदेशका माननीय सभा सदस्य श्री धनन्जय दवाडीज्यूको प्रमुख आतिथ्यतामा र सु.न.पा. का नगर प्रमुख श्री जनकराज मिश्रज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।
सुन्दरबजार नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम सु.न.पा. का शिक्षा शाखा प्रमुख वीर बहादुर गुरुङज्यूले संचालन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयहरुले सम्पादन गरेका असल अभ्यासहरुको प्रस्तुतीकरण गरियो । १५० भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा श्री कालिका मानवज्ञान मा.वि. बुटवल, रुपन्देहीका प्रधानाध्यापक श्री घनश्याम पाठक, श्री ज्ञानोदय मा.वि. बाफल, काठमाण्डौका प्रधानाध्यापक श्री नातिकाजी महर्जन र श्री भक्ति नमूना मा.वि. भोटेवोडार, का प्रधानाध्यापक श्री यज्ञराज घिमिरेले प्रस्तुतीकरण गर्नु भएको थियो ।
विभिन्न बिद्यालयका प्राध्यापकहरु,व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक प्रतिनिधिहरुज्यूहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सुन्दरबजार नगरपालिकाको शैक्षक स्तर अभिवृद्धि गर्ने, प्राविधीक शिक्षामा जोड दिने, शिक्षा सुधारका कार्यक्रमहरु ल्याउने र शैक्षिक गुणस्तर बढाई शिक्षित तथा दीक्षित समाज निर्माण गर्ने जस्ता कुराहरुमा छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि धनन्जय दवाडीज्यूले शिक्षा क्षेत्रको विकासका लागि नि:शुल्क र अनिवार्य शिक्षाको प्राबधान अपनाउनु पर्ने, सार्वजनिक शिक्षा बलियो बनाउन लागिपर्नुपर्ने र लमजुंगको पृष्ठभूमि अनुसार काम गर्नु पर्ने कुरामा जोड दिनुभयो । अन्त्यमा कार्यक्रमका अध्यक्ष, सु.न.पा. का नगरप्रमुख जनकराज मिश्रज्यूले दक्ष जनशक्ति उत्पादनका लागि सार्वजनिक तथा निजी शिक्षा क्षेत्र दुबैलाई शशक्त बनाएर लैजाने र आगामी दिनमा शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिका सदैव लागिपर्ने प्रतिबद्धताका साथ कार्यक्रम समापन गर्नुभएको थियो ।

‘सुन्दरबजार नगरपालिका र विकास’ विषयक छलफल कार्यक्रम सम्पन्न

,

लमजुङको सुन्दरबजार नगरपालिकालाई सुन्दर बनाउन कृषि र पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा विज्ञहरुले सुझाव दिएका छन् ।‘सुन्दरबजार नगरपालिका र विकास’ विषयक छलफल कार्यक्रममा बोल्दै विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । सुन्दरबजार नगरपालिकाको गुरुयोजना बनाउनु पूर्व विज्ञहरुको राय लिनका लागि नगरपालिकाले काठमाडौँमा विज्ञसहितको छलफल कार्यक्रम सञ्चालन गरेको हो ।छलफलमा विशेषगरीः जन्मथलो सुन्दरबजार नगरपालिका रहेका काठमाडौँमा बस्दै आएका विभिन्न क्षेत्रका विज्ञहरु सहभागि थिए । लमजुङ र छिमेकी जिल्ला तनहुँका केही विज्ञहरु समेत छलफलमा सहभागी भएका थिए । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. दीलबहादुर गुरुङले कृषि, ऊर्जा र पर्यटन विकासको उच्च सम्भावना बोकेको जिल्ला लमजुङ रहेको बताउनुभयो । लमजुङको सुन्दरबजार नगरपालिकामा कृषिको विकास गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । ‘खेतीयोग्य जमिनलाई जोगाउँदै कृषि उत्पादनमा नगरपालिकाले जोड दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

कृषि विज्ञ सूर्यबहादुर सिंहले सुन्दरबजार नगरपालिका क्षेत्रमा कृषि र पर्यटन विकासको उच्च सम्भावना रहेको उल्लेख गर्नुभयो । ‘यहाँ उर्वभरभूमी जमिन प्रशस्त छन् । सिँचाईका लागि नदीनाला छन् । तर गाउँघरका जग्गा जमिन बाँझै छन् । आशातित रुपमा कृषि क्षेत्रको विकास भएको छैन । यहाँ ऐतिहासिक एवम् धार्मिक क्षेत्रहरु छन् । कृषि र पर्यटनको मात्रै विकास गर्न सके सुखी नगरबासी, समृद्ध सुन्दरबजार नगरपालिका बनाउन सकिन्छ,’ उहाँले आफ्नो राय राख्नुभयो ।  युवालाई गाउँमै राख्न सके मात्रै कृषि विकासको परिकल्पना गर्न सकिने उहाँको धारणा छ । उहाँका अनुसार सबैभन्दा पहिले बजार खोजी व्यावसायिक कृषि कर्ममा जुट्नु आवश्यक छ ।संघ र प्रदेश सरकारको सहयोगले मात्रै कृषि क्षेत्रको विकास गर्न नसकिने हुँदा दातृ निकायको पनि सहयोग भित्र्याएर नगरपालिकाले कृषि र पर्यटनको क्षेत्रमा काम गर्नुपर्ने उहाँको भनाई छ ।

पूर्व सचिव सुरेशमान श्रेष्ठले सुन्दरबजार नगरपालिका लोक सँस्कृति, कृषि, शिक्षाका दृष्टिले अग्रणी ठाउँ रहेकाले यहाँ पर्यटन विकास गरी नगरपालिकाको मुहार फेर्न सकिने तर्क राख्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले नगरपालिकाको समृद्धिको आधार नै कृषि रहेको धारणा राख्नुभएको छ । बञ्जर रहेका यहाँका उर्वरभूमीलाई हराभरा पार्नु आवश्यक रहेको बताउँदै उहाँले कृषिमा आधारित उद्योग स्थापनातर्फ पनि नगरपालिकाको ध्यान खिचिनुपर्नेमा उहाँको जोड छ । 

कृषि क्षेत्रमा काम गरिरहनुभएका हरिबहादुर केसीले नगरपालिकाले कृषि र वन उत्पादनका क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभएको छ । योजनाविद् डा. पूर्णकान्त अधिकारीले कृषि क्षेत्रमा युवाको आकर्षण बढाई यहाँको विकास गर्न सकिने धारणा राख्नुभयो ।पुनर्निर्माण विज्ञ विष्णु अधिकारीले नगरपालिकाले साना उद्योग स्थापनाका लागि उद्योगीलाई सहयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।नदीले बेरिएको, उर्वरफाँट रहेको, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रहरु रहेको बताउँदै सुन्दरबजारको विकासमा आफुले आफ्नो सीप, क्षमता खर्चिने धारणा राख्नुभएको छ । 

प्रतिनिधिसभा सदस्य एवम् नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले सुन्दरबजार आफैँमा विकासको सम्भावना बोकेको नगरपालिका रहेको बताउँदै यसको श्रीवृद्धिमा आफुले हरदम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  कार्यक्रममै राष्ट्रियसभा सदस्य ईन्दु कडारिया, जिसस लमजुङका संयोजक लोकराज पाण्डे, पूर्व सांसद डा. भीष्मनाथ अधिकारी, काशिनाथ अधिकारी, भुगोलविद् हरिप्रसाद भट्टराई लगायतले आ–आफ्नै धारणा राखेका थिए ।   

अबको ५० वर्षपछिको सुन्दरबजार नगरपालिकाको खाका अहिल्यै नै कोरी त्यसै मार्गमा हिँड्नु आवश्यक रहेको नगरपालिकाका मेयर जनकराज मिश्रले बताउनुभयो । विज्ञहरुबाट प्राप्त सुझावलाई सम्पत्तिकै रुपमै ग्रहण गरी अझै सरोकारवालासंग व्यापक छलफल गरी नगरको गुरु योजना बनाइने उहाँले उल्लेख गर्नुभयो ।

विभिन्न कठीनाई भएता पनि सुन्दरबजारलाई सुन्दर बनाउनका लागि विज्ञबाट प्राप्त अमूल्य रायलाई समेट्दै नगर विकासमा जुट्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज गिरीले बताउनुभयो ।कार्यक्रममा जिल्ला समन्य समितिका उपसंयोजक धनकुमारी तामाङ, नगरकी उपप्रमुख ज्ञानु शाह लगायतका नगर कार्यपालिकाका सदस्य, वडाअध्यक्ष, राजनैतिक दलका प्रतिनिधि लगायत सरोकारवालाको बाक्लो सहभागिता रहेको थियो ।

-श्यामशितल परियार , रेडियो भोटेवडार

 

ढुङ्गा, गिट्टि, बालुवा उत्खनन्, सङ्कलन, क्रसिङ्ग र बिक्रिवितरण तथा क्रसर उद्योग स्थापना र संचालन सम्बन्धमा

सूचना । सूचना ।। सूचना ।।।

ढुंगा, गिट्टी, बालुवा, माटो, चट्टान, ,दहत्तर, बहत्तरको संकलन, उत्खनन् तथा ओसारपसार सम्वन्धमा गण्डकी प्रदेश सरकारबाट जारी भएको ढुङ्गा, गिट्टि, बालुवा उत्खनन्, सङ्कलन, क्रसिङ्ग र बिक्रिवितरण तथा क्रसर उद्योग स्थापना र संचालनलाई व्यवस्थित गर्ने कार्यविधि, २०७५ को दफा ६ को उपदफा ५ मा ढुंगा, गिट्टी, बालुवा, माटो, चट्टान, दहत्तर, बहत्तरको संकलन तथा उत्खनन कार्य असार १ गते देखि भाद्र १५ गतेसम्म गर्न पाईने छैन भन्ने व्यवस्था भएको हुँदा यस नगर कार्यपालिकाको कार्यालयबाट यो सूचना जारी गरिएको छ । अत : कार्यविधि विपरित अनाधिकृत रुपले सु्न्दरवजार नगरपालिका क्षेत्र भित्र रहेका नदी, खोलाहरुबाट ढुंगा, गिट्टी, बालुवा, माटो र चट्टान उत्खनन् एवं ओसारपसार नगर्नु हुनका लागि सबैको जानकारीका लागि अनुरोध गरिन्छ । यो सूचनालाई अटेर गरी सो गरेको पाईएमा तत्काल ओसारपसार गर्ने सवारी साधन समेत नियन्त्रणमा लिई नियमानुसार कारवाही अगाडी बढाइने व्यहोरा अग्रिम जानकारी गराइन्छ । सम्बन्धित वडाका अध्यक्ष तथा सदस्यज्यूहरुले आ–आफ्नो वडाभित्र सो बमोजिम नियन्त्रण कार्यमा सहयोग गर्नुहुन जानकारीका साथ अनुरोध गरिन्छ ।

दोश्रो नगरसभा सम्पन्न

,

सुन्दरबजार नगरपालिकाको दोस्रो नगरसभा मिति २०७५ जेष्ठ २० गते सुरु  भइ २१ गते सम्पन्न भएको छ । नगरसभाको उद्घाटन माननीय मुख्यमन्त्री श्री पृथ्वी सुब्ब गुरुङले गर्नुभयो र उद्घाटन समरोहमा नगर प्रमुख श्री जनक राज मिश्रले प्रगती प्रतिबेदन पेश गर्नुभएको थियो । उप प्रमुख श्री ज्ञानु शाहले स्वागत मन्तव्य र माननीय प्रदेश सभा सदस्य श्री धन्नज्य दवाडीले सुभकामना मन्तव्य राख्नु भएको थियो । नगर प्रमुख श्री जनक राज मिश्रले नगरसभाको समापन गर्नु भएको थियो ।

७ दिने डकर्मी तालिम संचालन

, ,

रास्ट्रिय पुननिर्माण प्राधिकरण जि.स.स. को सचिवालय लमजुङको आयोजना र सुन्दरबजार नगरपालिकाको सहयोगमा भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि ७ दिने डकर्मी तालिम संचालन भइरहेको छ । तालिम २०७४ चैत २६ देखि २०७५ बैशाख २ गते सम्म संचालन हुनेछ ।

क्षमता अभिवृद्धि तालिम समपन्न

,

सुन्दरबजार नगरपालिकाद्वारा संचालित नव निर्वाचित जनप्रतिनिधि र नगर कार्यपालिकाका कर्मचारीलाई स्थानीय सरकार संचालन र योजना तर्जुमा प्रकृया सम्बन्धमा २ दिने क्षमता अभिवृद्धि तालिम समपन्न भयो । उक्त तालिममा पुर्व सह सचिव एवं बरिष्ठ प्रशिक्षक श्री रमेशकुमार अधिकारीले सहजीकरण गर्नु भएको थियो ।

 

 

बार्षिक समिक्षाको निष्कर्ष सार्वजनिक गरिएको सम्वन्धमा ।

बार्षिक समिक्षाको निष्कर्ष सार्वजनिक गरिएको सम्वन्धमा ।

आज मिति २०७३/५/११ गते यस सुन्दरबजार नगरपालिका कार्यालयले गत आ.ब. २०७२/७३ मा सम्पादन गरेको कार्यहरुको बारेमा भएको निष्कर्ष ।

उपस्थित संख्या -१६६ जना ।

१. चालु आ.ब.को कार्तिक मसान्त भित्रै उपभोक्ता समिति गठन गनेै।

२. उपभोक्ता समितिका अध्यक्ष लगायतका पदाधिकारीहरुलाई तालिम प्रदान गर्ने ।

३.१ लाख भन्दा माथीको योजनाहरुमा रनिङ बील उपलब्ध गराउने । अादि ।