समाचार
१६ औं निजामित सेवा दिवस
सक्षम निजामति प्रशासन विकास समृद्दि र शुसासन भन्ने मुल नाराका साथ १६ अाै निजामती सेवा दिवस सुन्दरबजार नगरपालिकामा प्रथम सेवाग्राहीको रूपमा आउने सेवाग्राही श्री भिम बहादुर लामालार्इ प्रमुख प्रशासकीय अधिकृत श्री नारायण पाण्डेयले फुल माला खादा सहित स्वागत गरी सम्मानसाथ सेवा प्रवाह गरी मनाइयाे । उक्त कार्यक्रममा दोस्रो सेवाग्राहीको रूपमा नगरपालिकामा अाउने सेवाग्राही श्री पूर्णभद्र नेउपाने सुन्दरबजार नगरपालिका ४ दुराडाडँ लमजुङलार्इ समेत सम्मान गरिएकाे थियो । साथै सेवाग्राहीसँग सेवा प्रवाहलार्इ गुणस्तरीय बनाउन केही सुझाव भएमा उपलव्ध गराइदिनुहुन समेत अनुरोध गरिएको थियो ।