FAQs Complain Problems

घरधुरी सर्वेक्षण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

नगर प्रोफाइल तयार गर्नका लागि सुन्दरबजार नगरपालिकाले वडाबाट सिफारिस भएर आएका गणकहरुलाई अभिमुखीकरण तालिम दिएको छ । तालिममा गणकहरुका साथ वडा अध्यक्ष , नगरकार्यपालिकाका सदस्य र नगरपालिकाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो  ।  असोज १० र ११ गते चलेको तालिममा तथ्यांक कार्यालय गोर्खाका  तथ्यांक अधिकृत यज्ञ मुर्ती भण्डारीले गणकहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले गणकहरुको काम कर्तब्य र अधिकारको बारेमा गणकहरुलाई प्रशिक्षण दिनु भएको थियो । नगर प्रोफाइल तयारी समितिका संयोजक रघुनाथ मिश्रले तथ्यांकको महत्व र सहि तथ्यांक संकलनले आगामी योजना तर्जुमा गर्न सहज हुने कुरा बताउनु भयो । सैदान्तिक र प्रयोगात्मक विधिबाट संचालन गरिएको तालिममा गणकहरुलाई तथ्यांक ,यसको महत्व र संकलन विधिका बारेमा स्पष्ट ज्ञान दिई घर घरमा गई घरधुरी सर्वेक्षण फारम समेत भर्न लगाइएको थियो । आफ्नो नगरको प्रोफाइल तायरी गर्ने कार्यमा संलग्न हुन पाउँदा आफुहरु खुसी भएको सहभागीहरुले बताए  ।