FAQs Complain Problems

योजना सम्झौता गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन् ?

  • उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि।
  • उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि।
  • आयोजनाको लागत अनुमान विवरण।
  • उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय।
  • आयोजनाको कार्यान्वयनको कार्य तालिका।
  • खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजात।
  • योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरी खिचिएको फोटो।
  • योजनाको छाप।