FAQs Complain Problems

मोबाइल एप संचालनमा

सुन्दरबजार नगरपालिकाले मोबाइल एप संचालनमा ल्याएको छ । संचार तथा सूचना प्रबिधि मन्त्रालय अन्तर्गतको सूचना प्रबिधि विभागले सबै स्थानिय तहहरुको  नि शुल्क मोबाइल एप संचालानमा ल्याउने योजना अनुसार नै सबै आवश्यक मापदण्ड पुरा गरि एप संचालनमा ल्याएको हो । मिति २०७५ असोज २६ गते एक कार्यक्रम गरि मोबाइल एप सार्वजनिक गरेको छ  ।

मोबाइल एप सार्वजनिक कार्यक्रममा नगर प्रमुख श्री जनक राज मिश्रले जनताको सूचना पाउने हक अझ सहज र सुलभ भएको बताउनु भयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री प्रेम राज गिरीले जनता सम्म पुग्ने यो हाम्रो प्रयासलाई सबैले साथ दिनुहुनेछ भन्ने आशा व्यक्त गर्दै ,सबैको सल्लाह सुझावले एपलाई अझ राम्रो बनाउन सहोयोग मिल्ने कुरा बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य , वडा सदस्य, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 मोबाइल एपमा नगरपालिकाका सेवाहरु,जनप्रतिनिधि र कार्मचारीको विवरण , महत्वपूर्ण स्थानहरु, आपतकालीन नम्बर लगाएतका विभिन्न जानकारी पाउन सकिन्छ । यसका साथै नागरिकहरुले  एपबाट नै सुझाब र आफ्ना गुनासाहरु पनि राख्न सक्नेछन् ।