FAQs Complain Problems

अन्तरक्रिया कार्यक्रम सम्पन्न

“सुन्दरबजार नगरपालिकाको वर्तमान शैक्षिक अवस्था र उत्कृष्ट विद्यालयका प्रधानाध्यापकहरुसंग अनुभव आदानप्रदान र अन्तरक्रियात्मक कार्यक्रम” लमजुंग सु.न.पा. ०९ भक्ति नमूना मा.वि. भोटेवोडारमा भाद्र ०९ गते गण्डकी प्रदेशका माननीय सभा सदस्य श्री धनन्जय दवाडीज्यूको प्रमुख आतिथ्यतामा र सु.न.पा. का नगर प्रमुख श्री जनकराज मिश्रज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।
सुन्दरबजार नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम सु.न.पा. का शिक्षा शाखा प्रमुख वीर बहादुर गुरुङज्यूले संचालन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयहरुले सम्पादन गरेका असल अभ्यासहरुको प्रस्तुतीकरण गरियो । १५० भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा श्री कालिका मानवज्ञान मा.वि. बुटवल, रुपन्देहीका प्रधानाध्यापक श्री घनश्याम पाठक, श्री ज्ञानोदय मा.वि. बाफल, काठमाण्डौका प्रधानाध्यापक श्री नातिकाजी महर्जन र श्री भक्ति नमूना मा.वि. भोटेवोडार, का प्रधानाध्यापक श्री यज्ञराज घिमिरेले प्रस्तुतीकरण गर्नु भएको थियो ।
विभिन्न बिद्यालयका प्राध्यापकहरु,व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक प्रतिनिधिहरुज्यूहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सुन्दरबजार नगरपालिकाको शैक्षक स्तर अभिवृद्धि गर्ने, प्राविधीक शिक्षामा जोड दिने, शिक्षा सुधारका कार्यक्रमहरु ल्याउने र शैक्षिक गुणस्तर बढाई शिक्षित तथा दीक्षित समाज निर्माण गर्ने जस्ता कुराहरुमा छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि धनन्जय दवाडीज्यूले शिक्षा क्षेत्रको विकासका लागि नि:शुल्क र अनिवार्य शिक्षाको प्राबधान अपनाउनु पर्ने, सार्वजनिक शिक्षा बलियो बनाउन लागिपर्नुपर्ने र लमजुंगको पृष्ठभूमि अनुसार काम गर्नु पर्ने कुरामा जोड दिनुभयो । अन्त्यमा कार्यक्रमका अध्यक्ष, सु.न.पा. का नगरप्रमुख जनकराज मिश्रज्यूले दक्ष जनशक्ति उत्पादनका लागि सार्वजनिक तथा निजी शिक्षा क्षेत्र दुबैलाई शशक्त बनाएर लैजाने र आगामी दिनमा शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिका सदैव लागिपर्ने प्रतिबद्धताका साथ कार्यक्रम समापन गर्नुभएको थियो ।